गान्तोक, 01 जुलाई (हि.स.)। सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) पार्टीको गेजिङ जिल्लास्तरीय सभा आठ माइलस्थित जिल्ला कार्यालयमा सम्पन्न भयो। सभा पार्टीकी केन्द्रिय नेतृत्व सकुन गुरूङको अध्यक्षतामा सभा सम्पन्न भयो। सभामा पूर्व मन्त्री निरू सेवा, राज्यस्तरीय चेली प्रभारी कोमल चामलिङ, विजय प्रधान, आमोस आर. लेप्चा, देब गुरूङ आदि उपस्थित थिए।
सभामा योक्सम-टाशीडिङ, याङ्थाङ, मानेबुङ-देन्ताम, गेजिङ-बर्मेक चारैवटा निर्वाचन क्षेत्रबाट पार्टीका कर्मठ सदस्यहरूको उपस्थिति रहेको आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। उक्त बैठकले सुनौलो एवं शान्तिमय सिक्किमको अवस्था बिग्रिॅंदै गएको दाबी गर्दै सिक्किमको भविष्यको संरक्षण र सिक्किमको नवनिर्माणको निम्ति पश्चिम सिक्किम जिल्ला कमिटी गठन गरियो।
उक्त कमिटीमा विभिन्न अहोदाका कार्यकारिणीहरू चयन गरिएको विज्ञप्तिमा उल्लेख छ।
हिन्दुस्थान समाचार / बिशाल