गुवाहाटी, 10 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले गुरु पूर्णिमाको पावन अवसरमा सबै गुरूजनहरूप्रति श्रद्धा अनि कृतज्ञता प्रकट गरेका छन्। उनले भारती सनातन संस्कृतिमा गुरूको महत्वलाई रेखांकित गर्द भने, जीवन निर्माणको हरेक क्षेत्रमा गुरूको भूमिका अमूल्य हुन्छ।
मुख्यमन्त्रीले भने, “आज गुरु पूर्णिमाको पवित्र दिनमा जीवनमा मार्गदर्शन गर्ने प्रत्येक गुरूलाई हृदयको गहिराईबाटै प्रणाम अनि कृतज्ञता अर्पण गर्दछु। तपाईहरू सबैको आशीर्वाद मेरो जीवनको हिम्मत अनि प्रेरणा हो।”
डा. सरमाको यस सन्देशको राज्यभरिकै मानिसहरूले सराहना गरिरहेका छन् जसले गुरू-शिष्य परम्पराको गौरवशाली विरासतलाई सम्हालेर राख्ने प्रेरणा दिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा