श्रावणी मेलाका यात्रीहरूको लागि सुल्तानगञ्ज स्टेशनमा व्यापक तयारी, मालदा रेल मण्डपको पहल
श्रावणी मेलाका यात्रीहरूको लागि सुल्तानगञ्ज स्टेशनमा व्यापक तयारी, मालदा रेल मण्डपको पहल


कोलकाता, 10 जुलाई (हि. स.)। श्रावणी मेला- 2025 को अवधिमा भक्तहरूलाई कुनै पनि प्रकारको असुविधा हुन नदिने ध्येय लिएर भारतीय रेलवेको मालदा मण्डलले सुल्तानगञ्ज स्टेशनमा विशेष व्यवस्था गरेको छ। यो मेला यस वर्ष 11 जुलाईदेखि आगामी 9 अगस्त, 2025 सम्म आयोजना हुनेछ। लाखौं संख्यामा श्रद्धालुहरू गंगा स्नान अनि काँवड़ यात्राको लागि सुल्तानगञ्ज आइपुग्छन्।

रेलवेद्वारा जारी एक प्रेस विज्ञप्ति अनुसार मेलाको अवधिभरि हरेक दिन एकजना विशेष अधिकारीलाई स्टेशनमा तैनाथ गरिने जसले मेला प्रबन्धन अनि तिर्थ यात्रीहरूको सुविधामाथि नजर राख्नेछन्। भागलपुरका स्टेशन डाइरेक्टरलाई मेला समन्वयक अधिकारी नियुक्त गरिएको छ। यस अतिरिक्त सीएमआई जमालपुरलाई मेला अधिकारी बनाइएको छ जो तिर्थ यात्रीहरूलाई सहयोग गर्नका लागि 24x7 सक्रिय रहनेछन्। रेलवेले यात्रीहरूको सुरक्षा, सुविधा औ सञ्चार व्यवस्थालाई सर्वोच्च प्राथमिकता दिँदै केही योजनाहरू लागू गरेको छ।

प्रमुख व्यवस्थाहरू यसप्रकार छन्-- सुल्तानगञ्ज स्टेशनमा हाल 40 वटा सीसीटीभी क्यामरा जड़ान गरिएको छ र आवश्यकता परे थप क्यामरा विभिन्न स्थानहरूमा जड़ान गरिनेछ। स्टेशन स्टाफ र मेला अधिकारीहरूलाई पर्याप्त संख्यामा वकी-टकी डिभाइस प्रदान गरिनेछ ताकि आपतकालीन स्थितिमा तुरून्त सम्पर्क गर्न सकियोस्।- स्थानीय पुलिस र प्रशासनसित सम्वनय स्थापना गरेर सुरक्षात्मक उपाय सुनिश्चित गरिनेछ।- श्रद्धालुहरूलाई मार्गदर्शन अनि सहायता दिनको लागि पर्याप्त संंख्यामा चेकिंग स्टाफ र गाइड तैनाथ गरिनेछ।- मेला अवधि आरपीएफ (रेलवे सुरक्षा बल) औ जीआरपी (राज्य पुलिस)- का अतिरिक्त जवानहरूलाई तैनाथ गरिनेछ ताकि शआन्ति र व्यवस्था कायम रहोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande