कोलकाता, 10 जुलाई (हि.स.)। कसबास्थित ल कलेजमा छात्रासित भएको सामूहिक दुष्कर्म मामिलाको जाँच सम्बन्धि रिपोर्ट बिहीवार कलकत्ता उच्च अदालतमा पेश गरियो। पुलिसले बन्द लिफाफामा रहेको उक्त रिपोर्टलाई अदालतमा सुम्पिदियो जसलाई जस्टिस सौमेन सेन र जस्टिस स्मिता दास देको डिभीजन बेञ्चले पीड़िताको परिवारद्वारा पेश अधिवक्तालाई सुम्पिदियो। साथै अदालतले स्पष्ट निर्देश दिएको छ, यस रिपोर्टलाई सार्वजनिक गर्न सकिँदैन।
गत 25 जूनमा कसबा ल कलेजकी एक जना छात्रासित कथित रूपमा सामूहिक दुष्कर्म भएको थियो। यस मामिलामा कलेजको पूर्व छात्र मनोजीत मिश्रा मुख्य आरोपी हो जसलाई पुलिसले पक्राउ गरेको छ साथै अन्य दुई जना आरोपी र कलेजका एक जना सुरक्षा गार्डलाई पनि पुलिसले पक्राउ गरेको छ। यस सम्पूर्ण मामिलाको जाँच कोलकाता पुलिसको लालबजारस्थित डिटेक्टिभ डिपार्टमेन्टद्वारा गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा