ममता ब्यानर्जी राँचीमा पूर्वाञ्चल क्षेत्रीय परिषदको बैठकमा सामेल नहुने
ममता ब्यानर्जी राँचीमा पूर्वाञ्चल क्षेत्रीय परिषदको बैठकमा सामेल नहुने


कोलकाता, 10 जुलाई (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी राँचीमा केन्द्रिय गृहमन्त्री अमित शाहको अध्यक्षतामा बिहीवार आयोजना भइरहेको पूर्वाञ्चल क्षेत्रीय परिषदको बैठकमा सामेल हुने छैनन्।

कोलकाताका एक जना मन्त्री अनुसार, “किनभने मुख्यमन्त्रीको पहिलाबाटै निर्धारित कार्यक्रमहरू रहेका छन् जसले गर्दा उनी बैठकमा सामेल हुन सक्ने छैनन्।” यसमा पश्चिम बंगालको तर्फबाट वित्त राज्य मन्त्री (स्वतन्त्र प्रभार चन्द्रिमा भट्टचार्यले प्रतिनिधित्व गर्नेछन्।

पूर्वाञ्चल क्षेत्रीय परिषदमा चारवटा राज्यहरू क्रमैले पश्चिम बंगाल, बिहार, झारखण्ड र ओडिशाका प्रतिनिधिहरूले भाग लिनेछन्। ममता ब्यानर्जीलाई पनि आमन्त्रित गरिएको थियो, तर उनको शेड्युलको कारणले उनी अनुपस्थित रहनेछन्।

वास्तवमा मुख्यमन्त्रीले राँचीको उक्त बैठकलाई रद्द गरेर नवान्नमा जम्मू-कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लासित निर्धारित बातचितलाई प्राथमिकता दिनेछन्। नवान्नस्थित सचिवालयमा अपरान्ह हुने उक्त बैठकमा दुवै मुख्यमन्त्रीले केही महत्वपूर्ण मुद्दाहरूमा चर्चा गर्नेछन्।

पछिल्लो महिना पहलगाममा भएको आतंकवादी हमलापछि मुख्यमन्त्री ममता ब्यानर्जीले तत्कालै पाँच सदस्य प्रतिनिधिमण्डललाई जम्मू-कश्मीरमा पठाएकी थिइन्। त्यसताक प्रतिनिधिमण्डलले उमर अब्दुल्लासित भेट गरी सुरक्षा अनि शान्तिको स्थितिको अवलोकन गरेको थियो। उमर अब्दुल्लाले उक्त कदमको सराहना पनि गरेका थिए।

उल्लेख्य, पूर्वाञ्चल क्षेत्रीय परिषद देशका छह वटा क्षेत्रीय परिषदहरूमध्ये एक हो जसान्तर्गत चार वटा सदस्य राज्यहरूबीच क्षेत्रीय सहयोग अनि समन्वयलाई प्रेरित गर्नको लागि नियमिति बैठकहरू आयोजना गरिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande