सिलचर-गुवाहाटी र गुवाहाटी-अगरतलाबीच एकतर्फी विशेष ट्रेन परिचालन गरिने
सिलचर-गुवाहाटी र गुवाहाटी-अगरतलाबीच एकतर्फी विशेष ट्रेन परिचालन गरिने


गुवाहाटी, 10 जुलाई (हि.स.)। यात्रीहरूको अतिरिक्त भीड़लाई कम गर्नको लागि आजदेखि ट्रेन संख्या 05616 (सिलचर-गुवाहाटी) औ ट्रेन संख्या 05619 (गुवाहाटी-अगरतला) एकतर्फी विशेष ट्रेन संचालन गर्ने निर्णल लिइएको छ।

पूर्वोत्तर सीमान्त रेलवे (पूसीरे)-का सीपीआरओ कपिञ्जल किशोर शर्माले बिहीवार बताए, ट्रेन संख्या 05616 (सिलचर-गुवाहाटी) सिलचरदेखि 12.00 बजी प्रस्थान गरेर 23:30 बजी गुवाहाटी आइपुग्नेछ। यसरी नै विशेष ट्रेन संख्या 05619 (गुवाहाटी-अगरतला) गुवाहाटीदेखि 12.00 बजी प्रस्थान गरेर अघिल्लो दिन 03:30 बजी अगरतला पुग्नेछ। यी ट्रेनहरू महत्वपूर्ण स्टेशनहरूमा मात्र रोकिनेछन्।

उल्लेखनीय छ, पैह्रोले गर्दा लमडिंग-बदरपुर रेलखण्डमा ट्रेनहरूको परिचालन बन्द भएको छ। ट्र्याकमा थुप्रिएको ढुङ्गा-माटोलाई सफा गर्नको लागि रेलवेले युद्धस्तरमा काम गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande