एसएसबीको 24औं बटालियनले जफ्त गऱ्यो गाँजा एवं काठ
एसएसबीको 24औं बटालियनले जफ्त गऱ्यो गाँजा एवं काठ


कामरूप (असम), 10 जुलाई (हि.स.)। सशस्त्र सीमा बल (एसएसबी)- को रंगियास्थित 24औं बटालियनले पुलिससित मिलेर मादक पदार्थ गाँजा अनि काठ जफ्त गरेको छ।

एसएसबीको 24औं बटालियनद्वारा बिहीवार दिइएको जानकारी अनुसार 24औं बटालियनका कमाण्डेन्ट एचके गुप्ताको मार्गदर्शनमा ‘जी’ समवाय प्रभारी सहायक कमाण्डेन्ट सैयद अफसरको नेतृत्वमा एसएसबी एवं तामुलपुर पुलिसले गए राती संयुक्त अभियान चलायो। अभियान अवधि 4.226 किलोग्राम गाँजा जफ्त गरियो। अभियान अपरान्त उक्त जफ्त गरिएको गाँजालाई तामुलपुर पुलिसलाई सुम्पिइयो।

यसरी नै अर्को अभियानमा ‘ई’ समवाय गुआबारी प्रभारी निरीक्षक विनोद कुमारको नेतृत्वमा एसएसबी तथा वन विभाग कुमारीकाटासित मिलेर भारत-भुटान सीमामा एक संयुक्त अभियान संचालन गरियो। अभियान अवधि एउटा पिकअप भ्यानसितै 65 सेफ्टी काठ जफ्त गरियो। अभियानपछि जफ्त गरिएको पिकअप भ्यान र काठलाी कुमारीकाटा वन विभागलाई सुम्पिइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande