सिलगढ़ी, 10 जुलाई (हि. स.)। खोरीबाड़ी थानाको पुलिसले प्रतिबन्धित कफ सिरप सहित एक जना तस्करलाई पक्राउ गरेको छ। पक्रा पर्ने तस्करको पहिचान बिहारको गलगलिया निवासी मोहम्मद करिमको रूपमा भएको छ।
पुलिस सूत्र अनुसार गए बुधवार अबेर राति बंगाल-बिहार सीमा क्षेत्रमा गुप्त सूचनाको आधारमा छापामारी गरियो। यसै अवधि मोहम्मद करिम सीमा क्षेत्रदेखि चक्करमारी तर्फ टोटो लिएर गइरहेको थियो। करिमलाई रोकेर जाँचबुझ गर्दा पुलिसलाई शंका लाग्यो। त्यसपछि टोटोको जाँच गरियो जसमा 50 बोतल प्रतिबन्धित कफ सिरप जफप गरियो। त्यसपछि करिमलाई एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गरियो। खोरीबाड़ी थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा