गुरू पूर्णिमामा सुकान्त मजुमदारले गुरूजनहरूलाई गरे नमन, मूल्यबोध एवं आदर्शहरूको मार्गमा हिँड़्ने आह्वान गरे
sukanta majumdar


कोलकाता, 10 जुलाई (हि.स.)। गुरु पूर्णिमाको पावन अवसरमा केन्द्रिय मन्त्री तथा बालुरघाटबाट लोकसभा सांसद डा. सुकान्त मजुमदारले राज्यवासीहरूलाई आफ्नो पक्षबाट हार्दिक शुभकामना दिए। उनले यस दिनलाई आत्ममन्थन तथा गुरूजनहरूप्रति कृतज्ञता प्रकट गर्ने अवसर बताउँदै भने, गुरूले शिक्षा मात्र दिँदैनन् जबकि जीवन जिउने दिशा पनि देखाउँछन्।

बिहिवार सोशल मीडिया एक्स (पूर्वमा ट्विटर)-मा भावुक सन्देश साझा गर्दै डा. मजुमदारले लेखेका छन्, गुरु पूर्णिमाको यस शुभ क्षणमा राज्यवासीहरूलाई मेरो हार्दिक शुभकामना। यस पवित्र दिनमा म ती सबै गुरूहरूलाई नमन गर्दछु जसले हामीलाई ज्ञान, मूल्यबोध औ जीवनका आदर्शहरूको बाटो देखाए। उनीहरूकै स्नेह, शिक्षा एवं आशीर्वादबाट एक सुशासित एवं सुसंस्कृत समाजको निर्माण सम्भव हुन्छ।

डा. मजुमदारले यो पनि भने, गुरू विद्यालाय वा संस्थानसम्म मात्र सीमित रहँदनन्, उनीहरू हाम्रो जीवनको हरेक त्यस मोड़मा साथमा हुन्छन् जहाँ हामीलाई सही-गलतको निर्णय लिनुपर्ने हुन्छ।

गुरुजनद्वारा सिकाइएको जीवन-मूल्य तथा नैतिक शिक्षा नै कुनै पनि समाजको रीढ़ हुन्छ। उनीहरूले बताएका मार्गमा हिँड़ेर नै हामी साँचो नागरिक तथा राम्रो मनुष्य बन्न सक्छौंछ। आफ्नो सन्देशमा उनले अझ लेखे- गुरुजनहरूलाई प्रणाम गरेर आज हामी यो संकल्प लिऔं कि हामी सदैव ज्ञान, सत्य, नैतिकता तथा मानवताको मार्गमा हिँड़्नेछौं। यही उनीहरूप्रति साँचो श्रद्धाञ्जलि हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande