सिलगढ़ी, 10 जुलाई (हि. स.)। फूलबाड़ी दुई नम्बर ग्राम पञ्चायत अन्तर्गत उत्तर जोटियाकालीस्थित जामा मस्जिदमा भएको चोरीको घटनाले कोकोहोलो मच्चाएको छ। मस्जिदबाट अजानको लागि प्रयोग हुने मशिन चोरी भएको छ।
भनिन्छ, बिहीवार बिहान 4 बजी मस्जिदका मुअज्जिन अजानको लागि मस्जिदमा आए। मस्जिदभित्र एउटा पुरानो मशिन भत्किएको र नयाँ मशिन त्यहाँबाट हराएको उनले थाहा पाए। चोरले राति अँध्यारोमा मस्जिदभित्र पसेर अजानको लागि प्रयोग गरिने नयाँ मशिनलाई चोरेर भाग्यो। घटको कारणले क्षेत्रमा खैलाबैला शुरू भयो। स्थानीय मानिसहरूको आरोप छ, फूलबाड़ी तथा यस वरपरका क्षेत्रहरूा चोरीका घटना दिन-प्रतिदिन बढ़्दै गइरहेको छ जसले गर्दा क्षेत्रमा पुलिसको निगरानीलाई बढ़ाउने माग उनीहरूले गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा