कुचबिहार, 10 जुलाई (हि. स.)। सितलकुचीका भाजपा विधायक बरेन चन्द्र बर्मनलाई बिहीवार गोसाइरहटमा तृणमूल नेता, कार्यकर्ता अनि समर्थकहरूको विरोधको सामना गर्नुपऱ्यो। तृणमूल कंग्रेसका नेता अनि कार्यकर्ताहरूले पूजापछि मन्दिरदेखि बाहिर आउँद गर्दा घेरेर प्रदर्शन गरे।
तृणमूल नेता-कार्यकर्ताहरूले मुख्य रूपमा केन्द्रले राज्यलाई वञ्चित गरेको आरोप लगाउँदै विरोध प्रदर्शन गरे। यसलाई लिएर उनीहरूको विधायकसित बहस पनि भयो। सिलतकुची थानाको पुलिस स्थितिलाई नियन्त्रण गर्नको लागि घटनास्थलमा पुग्यो।
कुचबिहार जिल्ला परिषद सदस्य शेफाली बर्मनले आोप लगाएकी छन्, चुनाउ जितेपछि विधायक यस क्षेत्रमा आएनन्। अब अहिले उनी क्षेत्रमा उत्पात मचाउन आइरहेका छन्। त्यसैले यहाँका जनताले विधायकलाई घेरेर प्रदर्शन गरे। शेफालीले भाजपा नेतृत्वाधिन केन्द्र सरकारमाथि सय दिने रोजगारको रुपियाँ नदिएको आरोप पनि लगाइन्।
यता भाजपा विधायक बरेन चन्द्र बर्मनले भने, उनी कुनै पार्टी कार्यक्रममा सामेल हुनका लागि आएका थिएनन्। गुरू पूर्णिमाको अवसरमा मन्दिरमा पूजा गर्न आएका थिए। तृणमूलले यसमाथि पनि घृणित राजनीति शुरू गरेको छ। जनताले यसको जवाफ दिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा