असम पुलिसले आठ अवैध घुसपैठीलाई बांग्लादेश पठायो
असम पुलिसले आठ अवैध घुसपैठीलाई बांग्लादेश पठायो


गुवाहाटी, 10 जुलाई (हि.स.)। असम पुलिसले बिहिवार बिहान आठ अवैध घुसपैठीलाई पुनः बांग्लादेश पठायो, जसमा पाँच बांग्लादेशी नागरिक र तीन रोहिंग्या सामेल छन्। यो कारबाही कछार र श्रीभूमि जिल्लाहरूमा गरियो, जुन अन्तरराष्ट्रिय सीमा नजिक स्थित छ।

पुलिस अधिकारीहरूले बताए, यिनीहरू वैध दस्तावेजबिना राज्यमा छिरेका थिए औं अवैध रूपमा बसिरहेका थिए, जसबाट स्थानीय जनसंख्या संरचना र सुरक्षालाई खतरा उत्पन्न हुनसक्थ्यो।

असम सरकारले दोहोऱ्यायो, असमको क्षेत्रीय अखण्डता र सांस्कृतिक पहिचानको रक्षाको निम्ति कुनै समझौता गरिनेछैन। अधिकारीहरूले भने, अवैध घुसपैठीहरूलाई न त असममा रहन दिइनेछ न त उनीहरूले राज्यको विशिष्ट पहिचानलाई नोक्सान पुऱ्याउन सक्नेछैनऩ्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande