जलपाइगढ़ीमा चितुवाको भय
जलपाइगढ़ीमा चितुवाको भय


जलपाइगढ़ी, 10 जुलाई (हि.स.)। जिल्लाको पाता ग्राम पञ्चायतको गोआबाड़ी क्षेत्रमा बिहिवार चितुवाको भय देखिएको छ। यस दिन गाई चराएको समय गाउँको एक निवासी पद्दो लोचन रायले मुजुरको शिकार गर्दै गरेको चितुवालाई देखे, जसपछि उनी डरले चिच्याउन थाले। यो खबर गाउँमा फैलिनसाथ भय फैलियो। यसको सूचना तुरन्तै वन विभागलाई दिइयो।

खबर पाउनसाथ बुढ़ागंज वन विभागका हेड वनकर्मी भास्कर ब्यानर्जी आफ्नो टीमको साथ घटनास्थलमा पुगे। वन कर्मीहरूले चितुवालाई खोज्न क्षेत्रमा पेट्रोलिङ शुरू गरेका छऩ्। वनकर्मी भास्कर ब्यानर्जीले स्थानीय मानिसहरूसित साझँ पर्नअगाड़ी घरहरूमा बस्ने अपील गरेका छऩ् औं सतर्क र सचेत बस्नु भनिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande