जीन्द, 10 जुलाई (हि.स.)। जुलाना नजिक तीन दिन अगाड़ी रोहतकबाट 50 लाख रूपियाँको सुन र चांदी लिएर आइऱहेको ज्वेलरसित लूटपाट गरिएको मामिलामा पुलिसको पाँच टीमले रोहतकदेखि जुलानाबीच जतिपनि सीसीटीभी लागेको छ, ती सबैको जाँच गरिरहेको छ र जरूरी फुटेज जुटाएको छ। जुन दोकानबाट ज्वेलरले समान लिएर आइरहेको थियो, त्यहाँ डीवीआरको डेटा नष्ट पाइएको छ र पुलिसले त्यसलाई रिकवर गर्ने प्रय़ास गरिरहेको छ। यद्यपि, सूत्रहरू अनुसार, पुलिसले मामिलालाई लगभग सुल्झाउनै लागेको छ र आज वा भोली मामिलाको खुलासा हुनसक्छ।
उल्लेख्य, भिवानी रोड निवासी ज्वेलर अनिल सोमवार रोहतकदेखि 420 ग्राम सुन, पाँच किलो चांदी बाहेक लगभग 100 ग्राम सुनको आभूषण लिएर जिन्द आइऱहेका थिए। दिउँसो लगभग 2 बजी जब उनी रोहतको सीमा नाघेर पोली गाउँ नजिक पुगे तब दुई बाइकमा सवार पाँच युवकले उनीमाथि हमला गरी सबै समान लुटे। पहिले एएसपी सोनाक्षी सिंह, त्यसपछि एसपी कुलदीप सिंहले सीआईए पुलिसको साथ घटनास्थलको जायजा लिए। बदमाशहरूलाई समाउन जुलाना पुलिसको दुई टीम, लाखनमाजरा पुलिसको एक टीम र सीआईएको दुई टीमले जाँच गरिरहेको छ। सूत्रहरू अनुसार, रोहतक पुलिसले केही साक्ष्य पाएको छ। एसपी कुलदीप सिंहले भने, पुलिसलाई केही महत्वपूर्ण साक्ष्य हात लागेको छ, जसलाई जाँच्ने काम भइऱहेको छ। यसलाई सार्वजनिक गर्दा जाँच प्रभावित हुनसक्छ।
हिन्दुस्थान समाचार / भवानी थामी