जोधपुर, 10 जुलाई (हि.स.)। शहरको करवड़ पुलिसले साझँ पेट्रोलिङमा गंगाणी नजिक एउटा कारलाई रोकेर तलाशी लियो। कारमा अवैध मादक पदार्थको साथ तीन युवक भेटिए। जसलाई पछि एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गरियो। कारबाट पुलिसले 63.47 किलो डोडा पोस्त र 485 ग्राम अफीम जफत गरेको छ। अभियुक्तहरूसित सोझपुछ जारी छ साथै कतै कार चोरी गरिएको त होइन, यसबारे पत्तो लगाइँदैछ।
करवड़ थानाधिकारी लेखराज सिहाग बुधवार साझँ पेट्रोलिङमा थिए। तब गंगाणी सीमामा एक संदिग्ध कारलाई रोक्ने इशारा गरियो। कारमा तीन युवक सवार थिए र गाड़ीको तलाशी लिँदा त्यसबाट 63.47 किलो अवैध डोडा पोस्त र 485 ग्राम अफीम जफत गरियो। युवकहरूको पहिचान फलोदी जिल्लाको मतोड़ा निवासी जगदीश पुत्र मोहनराम गर्ग, गंगाणी करवड़को गोपीकिशन पुत्र जितेन्द्र गर्ग एवं मतोड़ाको अर्जुनराम गर्ग पुत्र शंकर गर्गको रूपमा गरिएको छ। पुलिसले तीनै युवकलाई एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गऱ्यो। यिनीहरूसित अग्रिम सोधपुछ जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी