जलपाइगढ़ी, 10 जुलाई (हि.स.)। जलपाइगढ़ीको विशेष पोक्सो कोर्टले नाबालिगसित बलात्कार र हत्याको मामिलामा तीन जनालाई फांसीको सजाय सुनाएको छ।
उल्लेख्य, 2020 मा रहमान अली नाम गरेको एक व्यक्तिले नाबालिगलाई उसको घरबाट बोलाएर लगेको थियो। यसपछि रहमान अली र उसका दुई साथीले नाबालिगको साथ बलात्कार गरे। पछि साक्ष्य मेटाउन नाबालिगको गला घोटेर हत्या गरिदिए। यसपछि शवलाई सेप्टिक ट्याङ्कमा लुकाइएको थियो। जलपाइगढ़ी जिल्ला राजगंज थाना पुलिसले जाँचपछि तीन आरोपीलाई पक्राउ गऱ्यो। जसपछि सालौंसम्म कानूनी प्रक्रिया चलिरह्यो।
सरकारी उकील देबाशीष दत्ताले भने, पाँच सालको जाँच र सुनवाईपछि जज रिन्टू शूरले बिहिवार तीनै आरोपीलाई फांसीको सजाय सुनाएकी छन्।
हिन्दुस्थान समाचार / भवानी थामी