मन्त्री लामाले केन्द्रिय रक्षामन्त्री राजनाथ सिंहसॅंग भेट गरे
मन्त्री लामाले केन्द्रिय रक्षामन्त्री राजनाथ सिंहसॅंग भेट गरे


गान्तोक, 10 जुलाई (हि.स.)। दिल्लीको आधिकारिक भ्रमणमा रहेका मन्त्री सोनाम लामाले आज केन्द्रिय रक्षामन्त्री राजनाथ सिंहसॅंग भेट गरे। यस भेटको क्रममा मन्त्री लामा र केन्द्रिय मन्त्रीबीच सिक्किम सम्बन्धित मुद्दाहरू र विकास कार्यहरूलाई लिएर चर्चा भएको बताइएको छ। मन्त्री लामाले राजनाथ सिंहलाई उनको जन्मदिनमा सिक्किमका जनताको तर्फबाट शुभकामना व्यक्त गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande