छत्तीसगढ़ः बोर वाहन सड़कदेखि तल झऱ्यो, चार जनाको शव भेटियो
छत्तीसगढ़ः बोर वाहन सड़कदेखि तल झऱ्यो, चार जनाको शव भेटियो


कवर्धा/रायपुर, 11 जुलाई (हि.स.)। छत्तीसगढ़को कवर्धा जिल्लामा शुक्रवार बिहान मध्यप्रदेशदेखि छत्तीसगढ़तर्फ आइरहेको एक बोर वाहन सड़कदेखि तल झरेर दुर्घटनाग्रस्त भयो। घटनास्थलबाट पुलिसले चार जनाको शवलाई आफ्नो कब्जामा लिएको छ।

पुलिस सूत्र अनुसार बोर वाहन मध्यप्रदेशदेखि छत्तीसगढ़ तर्फ गइरहेको थियो। यसै क्रममा कुकदूर थाना क्षेत्रको अगरपानी चाटामा पुगेपछि घुमाउरो मोड़मा वाहन अनियन्त्रित भएर सड़कदेखि तल झऱ्यो। बिहान लगभग 5 बजी ग्रामीणहरूले वाहनलाई लगभग 60 फुट तल झरेको देखे। उनीहरूले पुलिसलाई सूचना दिएर आफ्नो स्तरमा बचाउ कार्य शुरू गरे। स्थानीयको सूचनामा पुलिस अनि बचाउ दल घटनास्थलमा पुगेर चार वटा शवहरूलाई बाहिर निकाल्यो। अन्य मानिसहरू पनि वाहनमुनि थिचिएका छन् जसलाई बाहिर निकाल्ने प्रयास जारी छ। वाहनमा नौ जना मानिसहरू सवार थिए। मृतकहरूको पहिचान गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande