दिल्ली वैश्विक पर्यटन, सांस्कृतिक समृद्धि एवं नवाचारको केन्द्र बन्दै गइरहेको छः रेखा गुप्ता
दिल्ली वैश्विक पर्यटन, सांस्कृतिक समृद्धि एवं नवाचारको केन्द्र बन्दै गइरहेको छः रेखा गुप्ता


नयाँ दिल्ली, 11 जुलाई (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले शुक्रवार दिल्लीको पर्यटन विभागद्वारा आयोजित ‘डिलाइट फर दिल्ली’ समिटमा भाग लिइन्। यस अवसरमा दिल्लीका पर्यटन मन्त्री कपिल मिश्रा लगायत पर्यटन क्षेत्रसित सम्बन्धित प्रतिष्ठित संस्थाका प्रतिनिधि एवं निवेशकहरू उपस्थित थिए। यस आशयको जानकारी मुख्यमन्त्रीले एक्समा साझा गरिन्।

मुख्यमन्त्रीले एक्समा पोस्ट गर्दै भनिन्, दिल्ली अब राजधानी मात्र रहेन, वैश्विक पर्यटन, सांस्कृतिक समृद्धि एवं नवाचाको आक्रषण केन्द्र बन्दै गइरहेको छ। यो समिट केवल पर्यटन विस्तारको निम्ति एउटा कार्यक्रम मात्र नभेर दिल्लीलाई वैश्विक निवेश, नवाचार औ सांस्कृतिक नेतृत्वको नयाँ उच्चतासित जोड़्ने एक रणनीतिक मञ्च हो।

मुख्यमन्त्रीले भनिन्, दिल्लीको गौरव उसको ऐतिहासिक धरोहर, जीवन्त संस्कृति र आधुनिक मूल्यहरूमा समाहित भएको छ जहाँ एकातिर लाल किल्ला र कुतुब मीनारको भव्यता छ भने अर्कोतिर स्मार्ट इन्फ्रास्ट्रक्चर तथा वैश्विक इभेन्ट्सलाई होस्ट गर्ने क्षमता छ। जी -20 शिखर सम्मेलनले विश्वलाई दिल्लीको गरिमा, दक्षता र सामर्थ्यको परिचय दिलायो।

उनले भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शनमा आज दिल्लीले परम्परा अनि प्रगतिको संगम भएर “एक भारत, श्रेष्ठ भारत”- को भावनालाई सशक्त रूपमा दर्शाइरहेको छ। दिल्ली सरकार निवेशकहरूको लागि भरोसायोग्यको भागिदार भएको छ। हामी सुझाउहरूलाई योजनाहरूमा अनि योजनाहरूलाई धरातलमा क्रियान्वयन गर्नको लागि पूर्ण रूपले प्रतिबद्ध र पारदर्शिता पूर्वक कार्य गर्दछौं।

हामी सबै मिलेर एउटा यस्तो दिलली निर्माण गरौं जुन विश्व पटलमा संस्कृति, समृद्धि औ दिगो विकासको प्रतीक बनोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande