गोलाघाट (असम), 11 जुलाई (हि.स.)। बाढ़ीको पानी घट्दै गइरहेको भए पनि बाढ़ी पीड़ितहरूको पीड़ा अनि समस्या जस्ताको तस्तै छ। प्रभावित मानिसहरूलाई विभिन्न प्रकारका नयाँ समस्याहरूको सामना गर्न परिरहेको छ। धनश्री नदीको बढ़्दो पानीले सबैकुरा तहस-नहस बनाइदिएको छ। यद्यपि अहिले बाढ़ीको पानी घटेको छ, अब घरहरूको अवस्थामा केही सुधार आएको छ, तर अन्य समस्याहरू अहिले पनि उत्तिकै छ। बाटोघाटो, घर क्षतिग्रस्त भएका छन् भने भोजन, पिउने पानी सहित बिमारीहरू हुने खतरा उत्पन्न भएको छ।
अब पानी घटे पनि बाढ़ीद्वारा पीड़ित मानिसहरूको पीड़ा घटेको छैन। अहिले पनि 3 नम्बर कैवर्त्त शाउतलीमा यातायातको एकमात्र साधन केराको दामसा भएको छ। बाटोमा अहिले पनि पानी भरिएको छ।
स्थानीय मानिसहरूको भनाइ छ, पछिल्लो कैयौं दिनसम्म बाढ़ीमा फसेका मानिसहरूको खबर लिन यस क्षेत्रमा कोही पनि जनप्रतिनिधि आएनन्। जनप्रतिनिधिहरूको यस्तो व्यवहारबाट ग्रामीणहरू निराश भएका छन्। उनीहरूको आग्रह छ, अहिले पनि कसैले आएर हाम्रो अवस्था बुझोस्, हामी ठूलो समस्यामा परेका छौं।
ज्ञात रहोस्, छिमेकी राज्य नागाल्याण्डमा परेको मुसलधारे पानीले गर्दा धनश्री नदीमा अचानक बाढ़ी आएको थियो जसले गर्दा गोलाघाट जिल्लाका पाँचवटा रेभेन्यु सर्कलमा बाढ़ीको स्थिति उत्पन्न भएको छ। प्रशासनले 37 वटा सहायता शिविरहरू स्थापना गरेको छ भने पानी घट्दै गएपछि अब स्थिति बिस्तारै साम्य भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा