कोकराझार, 11 जुलाई (हि.स.)। वरिष्ठ बोड़ो अभिनेता तथा सेवानिवृत्त शिक्षक मेघनाथ मुसाहारीको निधन गए बिहीवार राति कोकराझार शहर स्थित निजी वासस्थानमा वृद्ध अवस्थासित सम्बन्धित रोगहरूको कारण भयो। उनको निधन लगभग 70 वर्षको उमेरमा भएको छ।
मुसाहारी बोड़ो सांस्कृतिक जगतमा एक जना सम्मानित व्यक्तित्व थिए। उनले विभिन्न बोड़ो फिल्महरूमा अभिनय गरेका छन् जसमा बोड़ो भाषाको पहिलो फिचर फिल्मआलायारन-माउनलेउल्लेखनीय अभिनय गरेका छन्।
उनी एक जना शिक्षक एवं कोकराझार सरकारी उच्चतर माध्यमिक औबहु-उद्देश्य विद्यालयबाट सेवानिवृत्त शिक्षक थिए। यस अतिरिक्त उनी विभिन्न सामाजिक गतिविधिहरूमा पनि सामेल थिए।
उनलेबोड़ो सिनेमा, शिक्षा औ समाज सेवामा पुऱ्याएको योगदानप्रति श्रद्धाञ्जलि अर्पण गर्दै विभिन्न संगठनहरूले गहिरो शोक व्यक्त गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा