कोलकाता, 11 जुलाई (हि. स.)। सरकारी नियुक्तिको प्रक्रियालाई तीव्रता दिने दिशामा कदम चाल्दै पश्चिम बंगाल सरकारले एक महत्वपूर्ण कदम उठाएको छ। सरकारले नयाँ उम्मेद्वारहरूको पुलिस सत्यापन र चिकित्सकीय जाँच 30 दिनभित्रमा पूरा गर्ने कड़ा निर्देश जारी गरेको छ। गए बिहीवार राति जारी यस आदेशमा स्पष्ट पारिएको छ, नयाँ दिशानिर्देश अन्तर्गत अब कुनै पनि विभागले नियुक्तिमा अनावश्यक ढिल्याई गर्न पाउने छैन।
सरकारी आदेश मुताविक पश्चिम बंगाल लोक सेवा आयोग (डब्ल्यूपीएससी) वा अन्य कुनै पनि भर्ती संस्थाद्वारा चयनित उम्मेद्वारहरूको नाम सिफारिस गरिएपछि उनीहरूलाई तत्काल ई-मेल, वेबसाइट र डाकको माध्यमबाट आवश्यक सूचना दिइयोस्। यसमा पुलिस अनि मेडिकल जाँचको प्रक्रियासित सम्बन्धित स्पष्ट निर्देश सामेल हुनेछ।
राज्य सरकारले यो फसेला यसकारण लिएको हो किनभने पुलिस अनि चिकित्सकीय रिपोर्ट पाउनमा भइरहेको विलम्बको कारण नियुक्ति पत्र जारी गर्ने र सेवा आरम्भ गराउने प्रक्रियामा पनि बाधा पुगिरहेको थियो। आदेशमा अझ् भनिएको छ, यदि कुनै उम्मेद्वारको शारीरिक जाँचको आवश्यकता भए त्यसलाई पनि यी 30 दिनभित्रै पूरा गरियोस्।
यस आदेशलाई सवै विभागहरू समक्ष पठाइएको छ ताकि भविष्यमा नियुक्तिसित सम्बन्धित प्रक्रियाहरू समयबद्ध ढंगमा पूरा हुन सकोस् र नयाँ कर्मीहरूको सेवा शीघ्र आरम्भ हुन सकोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा