कोलकाता, 11 जुलाई (हि. स.)। घोला थानालाई एक लिखित सिकायत प्राप्त भयो जुन सन्ता मल्लिकर पत्नी अनिल मल्लिकर निवासी 523 ए पुर्बायन अपार्टमेन्ट काठगोला सोदपुर थाना घोलाद्वारा दर्ता गरिएको थियो। उक्त सिकायतको आधारमा संचालित संयुक्त अभियानमा अन्ततः तीन जना आरोपीहरूलाई पक्राउ गरियो। पक्रा पर्ने आरोपीहरूमा क्रमैले बेलघरिया थाना अन्तर्गत पञ्चनंतला श्रीकृष्ण अपार्टमेन्ट निवासी शंकर पाल (33), बेलघरिया थाना अन्तर्गत नीलकण्ठ च्यटर्जी स्ट्रीट निवासी बिस्वजीत चक्रवर्ती (33), निमता थाना अन्तर्गत सुभाषपल्ली निवासी सौरभ भौमिक सामेल छन्। सिकायत अनुसार गत 25 जून, 2025को राती लगभग 8.45 बजी उनी आफ्नो निवासस्थान नजिक मोबाइलमा बातचित गर्दै हिँड़िरहेकी थिइन्, अचानक बाइक सवार अज्ञात व्यक्तिले उनको गलाबाट सुनको चेन थुतेर भागे।
प्राप्त सिकायतको आधारमा घोला थाना काण्ड संख्या 226/25 दिनांक 26 जून, 2025- को भारतीय न्याय संहिताको धारा 304 उपधारा 2 अन्तर्गत मामिला दर्ता गरियो। जाँचमा थाहा लागेको छ, यस्तै प्रकारको घटना 25 जून, 2025-को दिन निमता थाना क्षेत्रमै घटित भएको थियो जसको आधारमा निमता थाना काण्ड संख्या 235/25 धारा 304 उपधारा 2, 62 तथा 324 उपधारा 4 बीएनएस अन्तर्गत मामिला दर्ता गरिएको थियो। यी दुवै मामिलालाई गम्भीर लिएर घोला थाना, निमता थाना र गुप्तचर विभागका अधिकारीहरूको एक संयुक्त टीम गठन गरियो। टीमले विभिन्न स्थानको सीसीटीभी फुटेजको जाँच गरी संदिग्धलाई चिन्हित गऱ्यो अनि विभिन्न स्थानहरूमा छापामारी गरे। यस संयुक्त अभियान अन्तर्गत तीनजना आरोपीहरूलाई पक्राउ गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा