15 हजार प्रतिबन्धित कफ सिरप सहित दुई पक्राउ
15 हजार प्रतिबन्धित कफ सिरप सहित दुई पक्राउ


सिलगढ़ी, 11 जुलाई (हि.स.)। स्पेशल टास्क फोर्स (एसटीएफ)-ले 15 हजार प्रतिबन्धित कफ सिरप सहित दुईजना मानिसहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने मानिसहरूको पहिचान उत्तर प्रदेश निवासी सत्येन्द्र ठाकुर र मध्य प्रदेश निवासी अभिनव मिश्राको रूपमा भएको छ। शुक्रवार फूलबाड़ी संलग्न जोटियाकाली क्षेत्रमा एक मालवाहक वाहनबाट उक्त प्रतिबन्धित कफ सिरपलाई जफ्त गरिएको छ।

पुलिस सूत्र अनुसार एसटीएफले गुप्त सूचनाको आधारमा फूलबाड़ी संलग्न जोटियाकाली क्षेत्रमा एक मालवाहक वाहनलाई रोकेर जाँच गऱ्यो जहाँ माछाको भोजनको आड़मा लुकाएर राखिएको 150 वटा कार्टुनबाट लगभग 15 हजार बोतल प्रतिबन्धित कफ सिरप जफ्त गरियो।

कफ सिरपको बजार मूल्य लगभग 1 करोड़ 20 लाख रुपियाँ रहेको अनुमना लगाइएको छ। कफ सिरपलाई उत्तर प्रदेशदेखि कुचबिहार लगिँदैथ्यो। यस मामिलामा वाहन चालक र सहायक चालकलाई पक्राउ गरियो। आरोपीहरूलाई शनिवार अदालतमा पेश गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande