जयपुर, 11 जुलाई (हि.स.)। जयपुर मेट्रो-प्रथमको सीबीआई मामिलाहरूको विशेष कोर्ट-5 ले एक लाख रूपियाँको घूसको आठ वर्ष पुरानो मामिलामा बीएसएनएल भरतपुरको तत्कालीन दूरसंचार अधिकारी राजेश कुमार बंसल र बीएसएनएलका रिटायरकर्मी मदनलाल बंसललाई चार-चार वर्ष कैदको सजाय सुनाएको छ। कोर्टले राजेश कुमारमाथि 1.50 लाख र मदनलालमाथि एक लाख रूपियाँको जरिमाना लगाएको छ। कोर्टले भन्यो, अभियुक्त राजेश लोक सेवक भएको नाताले समाजप्रति दायित्व थियो। तर उसले आपराधिक षड़यन्त्रको कारण मिडलम्यान मदनलालको साथ मिलीभगत गरी घूसको रकम लियो।
विशेष लोक अभियोजक रिपुदमन सिंह तंवरले भने, शिकायतकर्ता सुखवीर सिंह सिनसिनवारले सीबीआईमा 5 अप्रेल 2017 मा सीबीआईमा रिपोर्ट दर्ता गराएका थिए कि उनले बीएसएनएलमा ओएफएसी फिजाउने ठेका लिन्छन्। उनलाई 2015-16 मा 130 किमी दूरीमा केबल फिजाउने ठेका प्राप्त भएको थियो। जसको एक रनिङ बिल 60 लाख रूपियाँको थियो। उनले यो बिल भुकतानको निम्ति लगाए औं राजेश कुमारले दुई प्रतिशतको हिसाबले 1.20 लाख रूपियाँको घूस मागे। उनलाई 2017 मा बिल राशिको भुकतान भयो। तर राजेशले उनीबाट घूसको रकम मागे औं नदिँदा आगामी बिलहरूलाई थातीमा राख्ने धम्की दिए।
सीबीआईले शिकायतमा कारबाही गर्दै राजेश कुमारलाई एक लाख रूपियाँको घूसको राशिको साथ ट्रेप गऱ्यो। अभियोजनको तर्फबाट 30 साक्षीको बयान दर्ता गराइयो। कोर्टले साक्ष्यहरू र साक्षीहरूको बयानमाहरूमा दुवै अभियुक्तलाई सजाय सुनायो।
हिन्दुस्थान समाचार / भवानी थामी