हरेक हिन्दूको घरमा तीनजना नानीहरू अवश्य होस्ः नीरज दौनेरिया
हरेक हिन्दूको घरमा तीनजना नानीहरू अवश्य होस्ः नीरज दौनेरिया


-हिन्दू जनसंख्यालाई घटाउने षड़यन्त्र रचिरहेको छलखनऊ,11 जुलाई (हि.स.)। बजरंग दलका राष्ट्रिय संयोजक नीरज दौनेरियाले भने, हिन्दू जनसंख्यालाई घटाउको लागि व्यापक रूपमा षड़यन्त्र रचिँदैछ। बजरंग दल अनि विश्व हिन्दू परिषदले यसको सशक्त रूपमा विरोध गरिरहेको छ। हिन्दुहरूको घट्दो जनसंख्यामाथि चिन्ता व्यक्त गर्दै उनले भने, हरेक हिन्दूको घरमा तीनजना नानीहरू अवश्य हुनुपर्छ।एकातिर मुस्लिम र ईसाईहरूको संख्या बढ़िरहेको छ भने अर्कोतिर मतान्तरणको गतिविधि पनि द्रूत गतिमा बढ़िरहेको छ।

नीरज दौनेरियाले हिन्दुस्थान समाचार-सित बातचित गर्दै भने, देशलाई कमजोर बनाउने षड़यन्त्र भइरहेको छ। लभ जिहादसँगसँगै ल्याण्ड जिहाद पनि पढ़िरहेको छ। सरकारी जमीनहरूमा कब्जा गरेर बंगलादेशी मुसलमानहरूलाई बसाइँदैछ। लभ जिहाद अनि ल्याण्ड जिहादको लक्ष्य भारतलाई इस्लामिक राष्ट्र बनाउनु हो। ईसाई मिशनरीहरूले भारतलाई विखण्डित बनाुने प्रयास गरिरहेका छन्। तर बजरंग दलका युवाहरूले उनीहरूको दुस्वप्नलाई कहिल्यै पूरा हुन दिनेछैनन्।

दाैनेरियाले भने, बजरंग दलले युवाहरूमा सेवा-सुरक्षा-संस्कारको भाव उत्पन्न गराइरहेको छ। बजंरग दलले लभ जिहादको शिकार भएका बालिकाहरूलाई मुक्त गराएर उनीहरूको घरमा फर्काइरहेको छ। युवाहरूलाई त्रिशुल दीक्षाको माध्यमबाट देश रक्षा अनि धर्म रक्षाको संकल्प दिलाइँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande