एसकेएमले नवगठित निर्वाचन क्षेत्रस्तरीय समितिका पदाधिकारीहरूलाई दियो बधाई एवं शुभकामना
एसकेएमले नवगठित निर्वाचन क्षेत्रस्तरीय समितिका पदाधिकारीहरूलाई दियो बधाई एवं शुभकामना


गान्तोक, 11 जुलाई (हि.स.)। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले हालैमा राज्यका 32 वटै निर्वाचन क्षेत्रका लागि नवगठित निर्वाचन क्षेत्रस्तरीय समितिका विभिन्न पदहरूमा नवनियुक्त पार्टी पदाधिकारीहरूलाई हार्दिक बधाई दिॅंदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

एसकेएम प्रवक्ता कविता सापकोटाद्वारा आज जारी विज्ञप्तिमा सम्पूर्ण नवनियुक्त पदाधिकारीहरूले पार्टी र सिक्किमका जनताको सेवामा आफ्नो जिम्मेवारी पूर्ण निष्ठा, प्रतिबद्धता र सक्रियताका साथ निर्वाह गर्नेछन् भन्ने विश्वास व्यक्त गरिएको छ। मुख्यमन्त्री एवं पार्टी अध्यक्ष प्रेमसिंह तामाङको कुशल नेतृत्वमा सबै कार्यकर्ताहरूले सुनौलो, समृद्ध अनि समर्थ सिक्किम निर्माणको अभियानलाई अझ मजबुत बनाउनेछन् भन्ने एसकेएमले दृढ़ विश्वास व्यक्त गरेको छ।

एसकेएमले 'जनताको लागि, जनतासँगै' भन्ने पार्टी अध्यक्षको भनाइलाई सार्थक तुल्याउन सम्पूर्ण नवनियुक्त पदाधिकारीहरूलाई सिक्किमको जनताको हितमा सततः सेवा गर्न आग्रह गर्दै साथै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande