सिलगढ़ी, 11 जुलाई (हि.स.)। चोरीको एक मामिलामा बेलाकोबा चौकी पुलिसले कालियागंजबाट दुई जनालाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीहरूको नाम राजेश साहा र सनातन बर्मन बताइएको छ।
पुलिस सूत्रहरू अनुसार, 03 जुलाईमा बेलाकोबाको कलेज पाड़ा क्षेत्रमा एक घरमा चोरी भएको थियो। बदमाशहरूले उक्त घरबाट लगभग 60 हजार रूपियाँ नगद लूटेका थिए। घटनापछि बेलाकोबा चौकी पुलिसले जाँच शुरू गऱ्यो। एसआई विश्वजीत महन्तलाई जाँचको प्रभार सुम्पियो। जाँचमा क्षेत्रमा लागेका सीसीटीभी फुटेजको जाँच गरियो। जसको माध्यमले संदिग्धहरूको पहिचान गरियो। यसपछि राजेश साहा र सनातन बर्मनलाई बिहिवार अबेर राति कालियागंजबाट पक्राउ गरियो। पुलिसले आरोपीहरूदेखि 11 हजार रूपियाँ नगदी र चोरीमा प्रयोग गरिएको एउटा मोटरसाइल जफत गरेको छ। बेलाकोबा चौकी पुलिस अघिको कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी