जम्मू, 12 जुलाई (हि.स.)। दक्षिण कश्मीर हिमालयमा अवस्थित पवित्र अमरनाथ गुफा दर्शनका लागि 6,639 तिर्थयात्रीहरूको एघारौं दल शनिवार जम्मूको भगवती नगर आधार शिविरबाट प्रस्थान भयो।
अधिकारीहरूले बताए, 1,462 महिला, 41 बाल-बालिका औ 181 साधु-साध्वीहरू सामेल रहेको उक्त दल आज बिहान कड़ा सुरक्षा व्यवस्थाबीच दुई भिन्न-भिन्न लस्करमा अनन्तनागको नुनवान-पहलगाम अनि गाँंदरबलको बालटाल आधार शिविर तर्फ प्रस्थान भयो। अधिकारीहरू अनुसार 4,302 तिर्थयात्री 159 वाहनहरूको लस्करमा पहलगाम आधार शिविर तर्फ गए भने 116 वाहनहरूमा सवार 2,337 तिर्थयात्रीहरूले बालटाल मार्गलाई प्राथमिकता दिएका छन्।
उल्लेख्य, 3,880 मीटर उच्चतामा अवस्थित श्री अरनाथको पवित्र गुफाको 38 दिवसीय वार्षिक तिर्थयात्रा गत 3 जुलाईदेखि दुवै मार्गबाट शुरू भएको थियो भने आगामी 9 अगस्त रक्षा बन्धनको दिन यो यात्रा सम्पन्न हुनेछ। अहिलेसम्ममा 1.65 लाखभन्दा अधिक तिर्थयात्रीहरूले यस मन्दिरको दर्शन गरिसकेका छन् जहाँ प्राकृतिक रूपले निर्मित शिवलिंग रहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा