गान्तोक, 13 जुलाई (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले २११औं भानु जयन्तीको अवसरमा सम्पूर्ण नेपाली भाषीहरूमा हार्दिक शुभकामना व्यक्त गरेको छ।
सीएपीले आज जारी विज्ञप्तिमा भनेको छ, आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई साहित्यिक स्वरूप दिँदै रामायणको अनुवादमार्फत जनचेतनाको क्रान्ति ल्याउनुभयो। उहाँको योगदानले नेपाली भाषा, साहित्य र संस्कृतिको जग मजबुत बनायो।
सीएपी सिक्किमले आदिकवि भानुभक्त आचार्यको योगदानलाई उच्च सम्मान गर्दै सबैलाई आफ्नो भाषा र पहिचानप्रतिको कर्तव्यबोधका साथ समग्रमा शुभकामना व्यक्त गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल