प्रतिबन्धित संगठन उल्फा (स्व.) का चार सहयोगी पक्राउ
प्रतिबन्धित संगठन उल्फा (स्व.) का चार सहयोगी पक्राउ


चराइदेव, 14 जुलाई (हि.स.)। चराइदेवमा प्रतिबन्धित संगठन यूनाइटेड लिबरेशन फ्रन्ट अफ असम (उल्फा) स्वाधीन (स्व.) विरोधी अभियान तीव्र भएको छ। सोनारी पुलिसले सोमवार उल्फा (स्व.) का थप चार सहयोगीलाई पक्राउ गरेको छ।

पुलिस अधिकारीले बताए, हालमा पक्रा परेको सहयोगीको स्वीकारोक्तिको आधारमा चराइदेव जिल्ला पुलिसले अन्य चार सहयोगीलाई गुवाहाटीको जालुकबारीको आसिम अधिकारी, दरंग जिल्लाको सिपाझार शहरको धर्मेन्द्र डेका, उदालगुरीको ध्रुवज्योति वैश्य र बलेन डेकालाई पक्राउ गरेको छ। सबैसित सोनारी पुलिस थानामा सोधपुछ जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande