मणिपुरमा तीन भिन्न उग्रवादी संगठनहरूका क्याडर पक्राउ
मणिपुरमा तीन भिन्न उग्रवादी संगठनहरूका क्याडर पक्राउ


इम्फाल, 14 जुलाई (हि.स.)। मणिपुर पुलिस औ सुरक्षा बलहरूलाई एक अभियानमा ठूलो सफलता प्राप्त भएको छ। बितेको 24 घण्टाभित्रमा तीन भिन्न स्थानहरूबाट तीन जना उग्रवादीहरूलाई पक्राउ गरिएको छ जो विभिन्न उग्रवादी संगठनहरूसित आवद्ध रहेर असुली जस्ता गतिविधिहरूमा सामेल रहँदै आएका थिए।

पुलिस प्रवक्ताले सोमवार बताए, केसीपी (एमएफएल)-का सक्रिय क्याडर अथोकपम सुनिल उपनाम लेलिन (43)-लाई इम्फाल ईस्ट जिल्लाको हप्ता कांगजेइबुंग, प्यालेस कण्पाउण्डबाट पक्राउ गरियो। वांगखई निंगथेम पुखरी मापालका निवासी लेलिन व्यवसायीहरूबाट असुली जस्तो अवैध कार्यमा संलिप्त थिए।

केसीपी (अपुनबा सिटी मैतेई) संगठनसित आवद्ध थौबल वांगखेम ममांग लाइकाई निवासी सिंगम कबिकंता मैतेई (33)-लाई थौबल जिल्लाको थौबल क्षेत्री लाइकाई मोइरांगपल्लीबाट पक्राउ गरियो जो सरकारी कर्मचारीहरूबाट असुली गर्ने कार्यमा सामेल थिए। एउटा रातो रंगको होण्डा एक्टिभा दुई चक्के वाहन र एउटा 36 एचई ह्याण्ज ग्रेनेड पनि उक्त आरोपीबाट जफत गरियो।

सुरक्षा बलहरूले यूएनएलएफ (पी)-का सक्रिय क्याडर खुल्लाकपम अयाजुद्दीन उपनाम आरिश (40)- लाई इम्फाल वेस्ट जिल्लाको मयांग इम्फाल बेंगून माखा लाइकाईबाट पक्राउ गरे। असुली जस्ता गतिविधिहरूमा सामेल आरिश बेंगुन लउकोक निवासी हुन् जोबाट एउटा मोबाइल फोन र सिम कार्ड अनि आधार कार्ड जफत गरिएको छ।

पुलिसले सबै मामिलामा अनुसन्धान कार्य शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande