वर्षाको कामना गर्दै किसानहरूले भ्यागुताको विवाह गराइदिए
वर्षाको कामना गर्दै किसानहरूले भ्यागुताको विवाह गराइदिए


दरंग (असम), 14 जुलाई (हि.स.)। लोकाचार, लोक विश्वासलाई मध्यनजर गर्दै दरंग जिल्लान्तर्गत नप्तापारामा गए राति किसानहरूले वर्षाको लागि भ्यागुताको विवाह गराइदिए। लामो समयदेखिकै वर्षा नभएको कारणले क्षेत्रका खेतहरू चर्किन थालेका छन्। पानी नपरेर अहिलेसम्म धान रोपिएको छैन। क्षेत्रका किसान परिवारहरूले विपत्तीको सामना गरिरहेका छन्।

उल्लेखनीय छ, सिचाईको उचित व्यवस्था नभएको कारण वर्षाको पानीमाथि निर्भर दरंग जिल्लाको नप्तारा क्षेत्रका किसानहरू यस वर्ष पर्याप्त पानी नपरेकोले अत्यन्त चिन्तित भएका छन्।

ज्ञात रहोस्, वर्षाको कामना गर्दै ग्रामीणहरूले गए राति लोक परम्परा अनुसार भ्यागुताको विवाह गराइदिए। लोकविश्वास अनि लोक परम्परालाई पालन गर्दै आयोजित भ्यागुताको विवाहमा बाल-बालिकाहरूदेखि लिएर बुजुर्गहरूसम्म सामेल भए।

मांगलिक औ विधि-विधान पूर्वक आयोजित भ्यागुताको विवाहमा मानिसहरूले नाँच्दै-गाउँदै जन्ती निकाले। समग्रमा भन्न पर्दा विवाह स्थलमा अत्यन्त उल्लासित वातारण उत्पन्न भएको थियो। उपस्थित मानिसहरूको लागि सत्कारको व्यवस्था पनि गरिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande