पश्चिम बंगालमा पुनः सक्रिय भयो निम्न दबाव, घना वर्षाको चेताउनी
पश्चिम बंगालमा पुनः सक्रिय भयो निम्न दबाव, घना वर्षाको चेताउनी


कोलकाता ,14 जुलाई (हि.स.)। पश्चिम बंगालको मौसमले फेरि एक पटक कोल्टे फेरेको छ। बंगालको आकाशमा पुनः निम्न चापरूपी बादल मड़ारिरहेको छ। मौसम विभागानुसार यो नयाँ निम्न चापले दक्षिण बंगालका जिल्लाहरूमा घना वर्षा लिएर आउनेछ फलस्वरूप आगामी केही दिनसम्म वर्षाको सिलसिला कायम रहनसक्छ।

दक्षिण बंगालमा पनि वर्षाको अलर्ट-

सोमवारदेखि दक्षिण बंगालका विभिन्न जिल्लाहरूमा मुसलधारे पानी पर्ने सम्भावना छ। पूर्व अनि पश्चिम मेदिनीपुरमा सर्वाधिक वर्षा हुने चेताउनी जारr गरिएको छ।

पुरुलिया बाँकुड़ा झाड़ग्राम र दक्षिण 24 परगनामा पनि घना वर्षा हुने सम्भावना छ। अन्य नौवटा जिल्लाहरूमा मेघ गर्जन सहित मध्यम वर्षा हुनसक्छ साथै 30-40 किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्नसक्छ।

मंगलवार पनि बीरभूम, मुर्शिदाबाद, नदिया औ पूर्व बर्धमान जिल्लामा छरिएको वर्षासँगसँगै भारी वर्षा हुने संकेत छ। मौसम विभागले मछुआराहरूलाई समुद्रमा नजाने कड़ा सल्लाह दिएको छ साथै आगामी पाँच दिनसम्म समुद्री गतिविधिहरूमाथि रोक लगाउने कुरा गरिएको छ।

उत्तर बंगालका जिल्लाहरूमा भारी वर्षा हुने सम्भावना-

दक्षिण मात्र नभएर उत्तर बंगालका जिल्लाहरूमा पनि मुसलधारे पानी पर्ने अनुमान छ। सोमवार जलपाईगुड़ी, कुचबिहार र अलिपुरद्वारमा घना वर्षा हुने आशा छ। मंगलवार दार्जीलिङ, कालेबुङ एवं अलिपुरद्वारमा घना वर्षा हुनसक्छ। लगातार पानी पर्ने सम्भावनालाई केन्द्र गर्दै स्थानीय प्रशासनलाई तयार रहने निर्देश दिइएको छ।

सप्ताहभरि नै बंगालका विभिन्न भागहरूमा रोकिँदै हल्कादेखि तीव्र वर्षा हुनसक्छ। जनतालाई होशियारी अप्नाउने, यात्रा गर्नदेखि बच्ने अनि मौसम विभागको निर्देशलाई पालन गर्ने अपील गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande