- दुई लाखभन्दा अधिक श्रद्धालुहरूले गरिसकेका छन् भोले बाबाको दर्शन
जम्मू, 14 जुलाई (हि.स.)। गत 3 जुलाईदेखि शुरू भएको अरनाथ यात्रा अवधि पछिल्लो एघार दिनभित्रमा दुई लाखभन्दा अधिक तिर्थ यात्रीरूले पवित्र गुफाको दर्शन गरिसकेका छन्।यसै क्रममा सोमवार 6,143 जना तिर्थ यात्रीहरूको एक हुल जम्मूदेखि कश्मीर उपत्याका तर्फ प्रस्थान भएको छ।
अधिकारीहरूले बताए, आज बिहान 6,143 जना यात्रीहरू सामेल रहेको एक दल भगवती नगर आधार शिविरबाट दुईवटा सुरक्षा लस्करहरूमा उपत्याका तर्फ प्रस्तथान भएको छ। 100 वटा वाहनहरूको पहिलो सुरक्षा लस्कर 2,215 जना यात्रीहरूलाई लिएर बिहान 3ः30 बजे बालटाल आधार शिविर तर्फ प्रस्थान भयो भने 135 वटा वाहनहरूको दोस्रो सुरक्षा लस्कर 3,928 जना यात्रीहरूलाई लिएर बिहान 4 बजे नुनवान (पहलगाम)- आधार शिविर तर्फ प्रस्थान भयो।
यस वर्ष यो यात्रा गत 3 जुलाईदेखि शुरू भएको थियो भने 38 दिनपछि आगामी 9 अगस्तमा समाप्त हुनेछ जुन श्रावणी पूर्णिमा अनि रक्षा बन्धनसित मेल खान्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा