सीएपीको तिमी नामफिङमा बैठक सम्पन्न
सीएपीको तिमी नामफिङमा बैठक सम्पन्न


गान्तोक, 14 जुलाई (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको एक बैठक हिजो तिमी नामफिङ समष्टि अन्तर्गत नामफिङमा पार्टीका वरिष्ठ नेता बिकास शर्माको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा पार्टीको नीति, सिद्धान्त र विचारहरू जनतामा प्रभावकारी रूपमा पुर्‍याउने र सदस्यता अभियानलाई तीव्रता दिने निर्णय गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरे

विज्ञप्ति अनुसार, जुलाई दोस्रो सातादेखि प्रत्येक गाउँ–वार्डमा युनिट भोलन्टियर काउन्सिल (यूवीसी) गठन गरिनेछ। 8–10 जना कार्यकर्ताहरूको समूहले बिकास शर्माको नेतृत्वमा घरदैलो अभियानमार्फत नयाँ सदस्यहरूलाई पार्टीमा आबद्ध गराउनेछ। सीएपीले क्षेत्रका जनतालाई परिवर्तनको यात्रामा हातेमालो गर्न र जनतामैत्री राजनीतिक संस्कार स्थापित गर्न आह्वान गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande