बिजापुर/रायपुर, 14 जुलाई (हि.स.)। छत्तीसगढ़को बिजापुर जिल्लाको नक्सल प्रभावित मद्देड़ थाना क्षेत्रमा नक्लसीहरूद्वारा राखिएको आईईडीको चपेटमा परेर सोमवार बिहान चारजना ग्रामीणहरू ग्रामीणहरू गम्भीर रूपमा घाइते भएका छन्। सबै घाइतेहरूलाई उपचारको निम्ति जिल्ला अस्पताल बिजापुरमा भर्ती गरिएको छ। एसडीओपी बिजापुर मयंकरण सिंहले उक्त घटनाको पुष्टि गरेका छन्।
मद्देड़ थाना पुलिसले आज जानकारी दिएको छ, मद्देड़ थाना अन्तर्गत ग्राम धनगोल र बंदेपाराको जंगलमा माओवादीहरूले बंदेपारा तर्फ जाने बाटोमा बम राखेका थिए। यसै बाटो भएर ग्रामीणहरू आफ्नो गाउँ तर्फ गइरहेका थिए, अचानक उनीहरूको खुट्टा उक्त बममाथि पऱ्यो जसबाट भयानक विस्फोट भयो।
यस विस्फोटको घटनामा एकजना ग्रामीणको खुट्टा पूर्ण रूपले घाइते भएको छ भने अन्य तीनजनालाई सामान्य चोट लागेको छ। सबैलाई प्रारम्भिक उपचारपछि बिजापुर जिल्ला अस्पतालमा पठाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा