दक्षिण सालमारा, 14 जुलाई (हि.स.)। दक्षिण सालमारा मानकाचर जिल्लाको सोनपुर क्षेत्रबाट पुलिसले नाइट सुपर बस (एएस-01टीसी-0375) बाट भारी मात्रामा प्रतिबन्धित नशालु गोली समेत एक तस्करलाई पक्राउ गरेको छ।
पुलिसले सोमवार बताएको छ, मानकाचर थाना प्रभारी दीपक बरगोहाईको नेतृत्वमा चलाइएको अभियानमा सोनपुर क्षेत्रबाट 50 हजारभन्दा अधिक नशालु ट्याबलेट समेत एक तस्करलाई पक्राउ गरियो।
नशालु ट्याबलेटलाई मणिपुरबाट ल्याइएको थियो। जसलाई तस्करले मेघालय र बांग्लादेश पठाउने योजना बनाएका थिए। पक्रा परेको तस्करको पहिचान आशिक बाबूको रूपमा गरिएको छ। पुलिसले यस सम्बन्धमा एनडीपीएस एक्ट अन्तर्गत एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी