श्रावण महिनामा राज्यभरि शुरू भयो बोल बम यात्रा
श्रावण महिनामा राज्यभरि शुरू भयो बोल बम यात्रा


गुवाहाटी, 14 जुलाई (हि.स.)। श्रावण महिना आरम्भ हुनसाथ श्रद्धालु भक्तहरू भगवान शिवको उपासनामा लिन भएका छन्। आज सावनको पहिलो सोमवारका दिन शिव मन्दिरहरूमा शिव भक्तहरूको व्यापक भीड़ उर्लिएको छ। राज्यका विभिन्न स्थानहरूमा शिव भक्त काँवड़ीहरूले शिव मन्दिरहरूमा जलाभिषेक गरिरहेका छन्।

राजधानी गुवाहाटीको वशिष्ठ मन्दिर प्रांगणबाट पनि वशिष्ठ गंगाको जल लिएर ठूलो संख्यामा श्रद्धालुहरूलेराजधानीकै पान बजारस्थित शुक्रेश्वर देवालयमा जल चढ़ाइरहेका छन्। गए आइतवार रातीदेखि नै श्रद्धालुजन जल लिएर मन्दिरहरू तर्फ प्रस्थान गरेको देखियो। यसरी नै राजधानीको पामोहीस्थित भीमा शंकर ज्योतिर्लिंग परिसरमा पनि भक्तहरूको भीड़ देखिँदैछ। साथै उमानन्द लगायत असमका कुना-काप्चामा अवस्थित शिव मन्दिरहरूमा भक्तहरूको भीड़ देखिँदैछ।

यसरी नै नगाउँ जिल्लाको कठियातलीस्थित ऐतिहासिक रेंगबेंग बाबा धाममा भव्य बोल बम यात्रा आयोजना गरिएको छ।

बितेको आइतवार श्रावण महिनालाई मध्यनजर गर्दै जिल्लाका विभिन्न भागहरूमा ठूलो संख्यामा शिव भक्तहरू मन्दिर परिसरमा जुटे। श्रद्धालुहरूको विश्वास छ, यस मन्दिरबाट आइतवार जल भरेर सोमवार पुवा (बिहान) शिव मन्दिरमा अर्पण गर्नाले मनोकामना पूर्ण हुन्छ।

श्रद्धालुहरूको सुविधालाई ध्यानमा राख्दै प्रशासन अनि मन्दिर प्रबन्धन समितिद्वारा समुचित प्रबन्ध गरिएको छ। आयोजकहरूले आगामी दिनमा हुने यस पावन उत्सवमा अधिकभन्दा अधिक भक्तहरूको उपस्थितिको कामना गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande