मोरीगाउँ, 14 जुलाई (हि.स.)। मोरीगाउँ जिल्लाको जागीरोड थाना क्षेत्रमा पुलिस टीमले अभियान चलाएर भारी मात्रामा हेरोइन समेत एक महिला तस्करलाई पक्राउ गरेको छ।
पुलिसले सोमवार बतायो, चलाइएको अभियानमा 104.5 ग्राम हेरोइन समेत एक महिला तस्करलाई पक्राउ गरियो। पक्रा परेकी महिला तस्करको पहिचान मणिपुर निवासी सूफिया (25) को रूपमा गरिएको छ। सूफियाले 9 साबुनदानीमा जफत गरिएको हेरोइनलाई शरीरका विभिन्न हिस्साहरूमा लुकाएर ल्याएकी थिइ। जागीरोड रेलवे स्टेशन नजिक उसलाई पक्राउ गरियो।
जफत गरिएको हेरोइनको अन्तरराष्ट्रिय बजारमा दर लगभग 25 लाख रूपियाँभन्दा अधिक मापिएको छ। पुलिसले यस सम्बन्धमा एनडीपीएस एक्ट अन्तर्गत एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी