मुजफ्फरनगर, 14 जुलाई (हि.स.)। यूपी एसटीएफ र पुलिस टीमले संयुक्त कारबाही गर्दै मुख्तार अंसारी गिरोहको शूटर शाहरूख पठानलाई भिड़न्तमा सोमवार मारेको छ। उसले ग्याङ्ग्स्टर संजीव माहेश्वरी जीवा गिरोहको निम्ति पनि काम गर्थ्यो।
यूपी एसटीएफको मेरठ एकाई र पुलिसको साथ शाहरूख पठानको बिजोपुरा स्क्वायर नजिक भिड़न्त भयो। यसमा उ मारियो। उ खालापार मुजफ्फरनगरको निवासी थियो र उमाथि 50 हजार रूपियाँको पुरस्कार राखिएको थियो। उदेखि कार र पेस्तोल जफत गरिएको छ। बदमाश विरूद्ध लूटपाट र हत्याका धेरै मामिलाहरू दर्ता छन्।
एसटीएफका एएसपी बृजेश कुमारले यसको पुष्टि गरेका छन्। उनले बताए, एक सूचनाको आधारमा एसटीएफ टीमले कार सवार बदमाशको घेराबन्दी गरेको थियो। यसपछि बदमाशको तर्फबाट धेरै राउण्ड गोली चलाइयो। जवाबी कारबाहीमा पुलिसले गोलीबारी गऱ्यो। गोली लाग्दा मुख्तार अंसारीको शूटर शाहरूख घाइते भयो। घाइते अवस्थामा उसलाई उपचारको निम्ति अस्पतालमा भर्ती गराइयो, जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरे। उदेखि देशी पेस्तोल सहित तीन पेस्टोल र 50 भन्दा अधिक कारतूस जफत भएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी