गान्तोक, 14 जुलाई (हि.स.)। सत्तारुढ एसकेएम पार्टीको आरिथाङ निर्वाचन क्षेत्रस्तरीय समितिका पूर्व अध्यक्ष कर्म जिग्मी पाल्जोरले आज मुख्यमन्त्री प्रेमसिंह तामाङलाई भेट गरे। उनी हालैमा गान्तोक नगर निगमको सल्लाहकार मनोनीत भएका छन्।
मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जालमा एसकेएम पार्टीका एक समर्पित सदस्यलाई भेट्न पाएकोमा खुशी व्यक्त गरेका छन्। उनले गान्तोक नगर निगमको सल्लाहकार नियुक्त भएकोमा पाल्जोरलाई हार्दिक बधाई पनि दिएका छन्।
मुख्यमन्त्रीले यो नयॉं भूमिकाले उनको समर्पण, भिजन र विश्वासलाई दर्साउॅंछ, जुन उनले समुदाय र पार्टीभित्र अर्जित गरेका छन् भनी बताएका छन्। उनले नवनियुक्त सल्लाहकारको सुस्वास्थ्य, सफलता र भावी प्रयासहरूका लागि शुभकामना व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल