कोलकाता, 14 जुलाई (हि.स.)। भांगड़मा भएको तृणमूल नेता राज्जाक खाँको हत्या मामिलामा पुलिसले थप तीनजना आरोपीहरूलाई पक्राउ गरेको छ। उत्तर काशिपुर थानाको टीमले सोमवार पानापुखुर ग्राम पञ्चायतका सदस्य आजहरुद्दीन मोल्ला, जहान अली खान र राजू मोल्लालाई पक्राउ गऱ्यो। यसको साथै यस मामिलामा पक्रा पर्ने आरोपीहरूको संख्या पुगेको छ चार।
पुलिस सूत्र मुताविक पक्रा पर्ने राजू मोल्ला पेशाले एकजना शुटर हुन् भने जहान अली खान एकजना टिपर चालक। यी तीनैजना सत्सातिन दल तृणमूल कंग्रेससित आवद्ध रहिआएका छन्। मामिलाको जाँचमा पुलिसले मोबाइल फुटेज, कल रेकर्ड्स अनि शंकास्पद गतिविधिहरूको जाँच गरिरहेको छ।
स्मरण गराइन्छ, गत बिहीवार राती रज्जाक खाँमाथि त्यसबेला हमला गरिएको थियो जतिबेला तिनी विजयगञ्ज बजार छेउमा भएको पार्टीको कार्यक्रमबाट फर्किरहेका थिए। हमलाकारीहरूले पहिला तिनीमाथि पाँच राउण्ड गोली चलाए, त्यसपछि धारिलो हतियारले प्रहार गरी तिनको हत्या गरिदिए।
राजनीतिक स्तरमा यस हत्याकाण्डलाई लिएर आरोप-प्रत्यारोपको सिलसिला तीव्र भएको छ। भांगड़का आईएसएफ विधायक नौशाद सिद्दीकीले यसलाई तृणमूलको आपसी गुटीय संघर्षको परिणाम बताएका छन् भने क्यानिंगबाट पूर्व तृणमूल विधायक एवं पार्यीका पर्यवेक्षक शौकत मोल्लाले यस हत्याको पछाड़ि आईएसएफको षड़यन्त्र रहेको आरोप लगाएका छन्।
यसै क्रममा सिद्दीकीले आगामी 16 जुलाईमा भांगर ब्रिजबाट ‘धिक्कार ऱ्याली’ निकाल्ने घोषणा गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा