कोलकाता, 14 जुलाई (हि.स.)। कोलकाता पुलिसले फेरि एकपटक साबित गरिदियो कि उनीहरू कानून व्यवस्थालाई कायम राख्नको लागि मात्र नभएर मानव जीवनको रक्षाको लागि पनि हरेक मोर्चामा तयार रहन्छन्। गए आइतवार अपरान्ह हुगली नदीमा डुबिरहेका छः जना नाबालिकहरूलाई कोलकाता पुलिसका एएसआई मानिक देले अद्भूत साहस अनि विवेक प्रदर्शन गर्दै सुरक्षित बाहिर निकाले।
वास्तवमा आइतवार लगभग 2:45 बजे कोलकाताको एनएस डक नजिक हुगली नदीमा गस्ती गरिरहेका एएसआई मानिक देले देखे, 6 जना किशोरहरू नदीको तीव्र प्रवाहमा एउटा मोटो थर्मोकलको टुक्राको सहारमा बग्दै गइरहेका छन्। स्थिति अत्यन्त गम्भीर थियो। सबै किशोरहरू नदीमा डुब्न लागेका थिए। कुनै पनि समय ठूलो दुर्घटना हुनसक्थ्यो। स्थितिको गम्भीरलाई मध्यनजर गर्दै एएसआई मानिकले अलिकति पनि ढिल्याई नगरी लांचका कर्मचारीहरूलाई सूचना दिए अऩि स्वयं बचाउ कार्यमा जुटे। तत्काल शुरू भएको कारबाहीको कारणले लगभग 3 बजेसम्ममा सबै किशोरहरूलाई सुरक्षित बचाइयो।
बचाउ कार्यपछि जाँचबुझमा थाहा लाग्यो, सबै किशोरहरू मेडियाब्रुज क्षेत्रका हुन्। यिनीहरू बिहान बेछाली घाटमा नुहाउन आएका थिए। नुहाउँदै गर्दा यिनीहरूमध्ये एकजना किशोर तीव्र प्रवाहमा बग्न थाल्यो जसलाई बचाउनका लागि पाँचैजना किशोरहरू थर्मोकलको एउटा ब्यागको सहारमा नदीमा हामफाले। तर उनीहरू पनि नदीको तीव्र बहाउको चपेटमा परेर लगातार उत्तर दिशा तर्फ बग्दै गए। किशोरहरू भयभित भएका थिए। एउटा थर्मोकलको टुक्राको सहारामा आफूहरूलाई बचाइरहेका थिए।
बचाउपछि किशोरहरूलाई आरटीपी अफिसमा लगियो जहाँबाट विमेन एण्ड पुलिस प्रोटेक्शन सर्भिस (डब्ल्यूपीपीएस)-सित सम्पर्क गरी एकजना जिम्मेवार अधिकारीलाई घटनास्थलमा बोलाइयो। त्यसपछि डब्लूपीपीएसले किशोरहरूका अभिभावकहरूसित सम्पर्क गरेर उनीहरूलाई सुरक्षित रूपमा परिवारलाई सुम्पिइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा