लगातार वर्षा अनि डीभीसीबाट पानी छोड़िएकोले पश्चिम बंगालका केही जिल्लाहरूमा बाढ़ीको जोखिम, प्रशासन सतर्क
लगातार वर्षा अनि डीभीसीबाट पानी छोड़िएकोले पश्चिम बंगालका केही जिल्लाहरूमा बाढ़ीको जोखिम, प्रशासन सतर्क


कोलकाता, 14 जुलाई (हि.स.)। पश्चिम बंगालमा लगातार परिरहेको पानी अनि झारखण्डबाट छोड़िएको पानीले गर्दा पश्चिम बंगालका केही जिल्लाहरू विशेष पूर्व एवं पश्चिम मेदिनीपुर, झाड़ग्राम, हुगली औ पूर्व बर्दवानमा बाढ़ी जस्तै स्थिति उत्पन्न भएको छ जसलाई मध्यनजर गर्दै राज्य सरकार अनि जिल्ला प्रशासन अलर्ट मोडमा छ।

वास्तवमा झारखण्डमा भइरहेको घना वर्षाको कारणले दामोदर भ्याली कर्पोरेशन (डीभीसी)-ले राज्य सरकारलाई नजनाई जलाशयहरूबाट पानी छोड़्न शुरू गरेको छ जसप्रति राज्य सरकारले रोष व्यक्त गरेको छ।

राज्यका सिंचाई मन्त्री मानस भुइयाँले भने, पछिल्लो वर्षको जून महिनामा मेदिनीपुरमा 587.06 मिमी वर्षा भएको थियो भने यस वर्षको गत 6 जुलाईसम्ममा 1126 मिमी वर्षा भइसकेको छ। आफ्नो जीवमा मैले यस्तो पहिला कहिल्यै देखेको छुइनँ। हामी दुवैतिरबाट स्याण्डविच भइरहेका छौं। एकातिर घना वर्षा त अर्कोतिर डीभीसीको मनमानी। आज पनि डीभीसीले राज्यलाई नजनाई 10 हजार क्यूसेक पानी छोड़्यो। मैथन, पंचेत र दुर्गापुर ब्यारजले मिलेर बंगाललाई पूर्ण रूपले स्याण्डविच बनाइरहेको छ।

मन्त्रीले भने, मुख्यमन्त्री ममता ब्यनर्जी स्वयंले स्थितिमाथि नजर राखिरहेकी छन् र नियन्त्रण कक्षसित नियमित सम्पर्क राखिरहेकी छन्। मन्त्रीले भने, मुख्यमन्त्रीले 24 घण्टामा 21 घण्टा जागेर राज्यको निगरानी गरिरहेकी छन्। म स्वयं पनि विगत डेढ़ महिनादेखिको जिल्लाको भ्रमण गरिरहेको छु। ग्रामीणहरूसित हात जोड़ेर अपील गरिरहेको छु कि उनीहरूले पनि प्रशासनलाई मद्दत गरून्, तब मात्र हामी सबै मिलेर मात्र यस आपदाको सामना गर्न सक्छौं।

सिचाई मन्त्रीले बताए, प्रभावित जिल्लाहरूका प्रशासनसित लगातार सम्पर्क राखिँदैछ। राहत शिविर, सुक्खा भोजन, तिरपाल आदिको व्यवस्था गरिसकिएको छ। मुख्यमन्त्रीले सम्पूर्ण स्थितिमाथि नजर राखिरहेकी छन्। कुनै पनि आपत स्थितिको सामना गर्नको लागि हामी तयार छौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande