ग्वालपाड़ा (असम), 18 जुलाई (हि.स.)। ग्वालपाड़ा जिल्लाको पाइकान आरक्षित वन क्षेत्रमा गए बिहीवार भएको हिंसात्मक घटनामा अहिलेसम्ममा दश जना मानिसहरूलाई पुलिसले पक्राउ गरिसकेको छ। यी सबै आरोपीहरूलाई कृष्णाईका विभिन्न स्थानहरूबाट पक्राउ गरिएको हो।
गए बिहीवार पाइकान क्षेत्रमा वन विभाग र पुलिसका अधिकारीहरूमाथि हमला भएको थियो। यस हमलामा 21 जना सुरक्षाकर्मीहरू घाइते भएका छन् जसमा पुलिस र वन विभागका जवानहरू सामेल छन्। घटना अवधि एकजना व्यक्तिको मृत्यु पनि भएको छ।
अधिकारीहरूले बताए, क्षेत्रमा सुरक्षाको कड़ा बन्दोबस्त गरिएको छ। पुलिसले जाँचलाई जारी राख्दै धरपकड़ अभियान शुरू गरेको छ। भनिन्छ, यस मामिलामा अन्य आरोपीहरूलाई पनि पक्राउ गर्ने सम्भावना छ।
उल्लेखनीय छ, पुलिसमाथि हमलालाई लिएर आफ्नो प्रतिक्रिया व्यक्त गर्दै मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले हिजो नै भनेका थिए, कानूनलाई हातमा लिनेहरूलाई कसैलाई पनि छाड़िनेछैन। पुलिसले कानून अन्तर्गत आफ्नो काम गर्नेछ।
ज्ञात रहोस्, राज्यभरि नै सरकारी भूमिबाट अवैध कब्जालाई हटाउनको लागि व्यापक अभियान संचालन भइरहेको छ जसको विपक्षी दलहरू विशेष कंग्रेस, एआईयूडीएफ, वामपन्थीहरूले विरोध गर्दै यसलाई मानवाधिकारको उल्लंघन बताइरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा