कोलकातामा बाफिने मौसमबीच छुटपुट वर्षा हुने सम्भावना
कोलकातामा बाफिने मौसमबीच छुटपुट वर्षा हुने सम्भावना


कोलकाता, 18 जुलाई (हि.स.)। कोलकातामा मनसुन सक्रिय भएको छ। महानगरमा शुक्रवार बाफिने मौसमबीच हल्का वर्षा हुने सम्भावना छ। मौसम विभागानुसार शुक्रवार अधिकतम तापमान 34.4 डिग्री सेल्सियससम्म पुग्नसक्छ भने न्यूनतम तापमान 27.8 डिग्री सेल्सियस रहनेछ। शहरका कतिपय भागहरूमा रोकिँदै सामान्य वर्षा हुनसक्छ।

दिनको आरम्भमा मौसम गरम रहनेछ भने अपरान्हसम्ममा तापमान द्रूत गतिमा बढ़्नेछ। तथापि वर्षाको अनुमानित मात्रा 0.85 मिमी मात्र छ। तर छुटपुट थोपा-थोपी दिनभरि नै जारी रहनेछ। नमीको स्तर 72 प्रतिशत रहने आशा छ जसले गर्दा मौसम अझ च्यापच्याप्ती महसूस हुनसक्छ। 18.7 किमी प्रतिघण्टाको गतिमा चल्ने हावाले केही राहत पुऱ्याउनसक्छ। अपरान्हपछि वर्षा हुने सम्भावना अधिक छ, बिहान र अबेर साँझ मौसम अपेक्षाकृत रमाइलो रहनेछ।

आगामी सप्ताह वर्षाको तीव्रता अझ बढ़्नेछ। शनिवार र आइतवार वर्षा हुने सम्भावना 88-89 प्रतिशत छ भने क्रमशः 3.56 मिमी औ 3.88 मिमी वर्षा दर्ता हुनसक्छ।

सप्ताहभरि नै तापमान 27.5°C- 35.5°C बीच कायम रहनेछ भने नमीको स्तर 68%-देखि 70% सम्म रहनेछ जसबाट वातावरण लगातार नम अनि भारी महसूस हुनेछ। आगामी 22 जुलाईमा सप्ताहको सबैभन्दा गरम र शुष्क दिन हुनसक्छ भने तापमान 36°C सम्म पुग्ने अनुमान छ। तथापि नमीको मात्रा घट्नेछैन।

सम्पूर्ण उत्तर बंगाल अहिलेघरि मनसुनको पूर्ण प्रभावमा परेको छ। दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार, कुचबिहार एवं उत्तर दिनाजपुर जस्ता जिल्लाहरूमा लगातार वर्षा भइरहेको छ। मौसम विभागानुसार आगामी केही दिनसम्म यी क्षेत्रहरूमा मध्यमदेखि घना वर्षा जारी रहने सम्भावना छ। पार्वतीय क्षेत्रहरूमा पैह्रो जाने चेताउनी जारी गरिएको छ।

दार्जीलिङ र कालेबुङ जस्ता पार्वतीय क्षेत्रहरूमा अविरल वर्षाका कारण पैह्रो जानसक्छ। टिस्टा नदी र यसका सहायक नदीहरूको जल्सतरमा द्रूत गतिमा बढ़िरहेको छ जसले गर्दा तल्लो क्षेत्रमा जलभराउ वा बाढ़ीको स्थिति उत्पन्न हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande