गुवाहाटी/नयाँ दिल्ली, 2 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमले बुधवार नयाँ दिल्लीमा केन्द्रिय सड़क परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीसित भेट गरे। केन्द्रिय मन्त्रीसित भएको बैठकमा असमका प्रमुख पूर्वाधारहरूको प्रगतिमाथि समीक्षा गरियो।
मुख्यमन्त्रीले भने, राज्यको महत्वपूर्ण परियोजनाहरूलाई समयबद्ध ढंगमा पूरा गर्नको लागि केन्द्रिय सड़क परिवहन मन्त्रालयसित सहयोग मागिएको छ। मुख्यमन्त्रीले सोशल मीडियामा बताए, केन्द्रिय मन्त्रीले यस दिशामा मन्त्रालबाट पूर्ण समर्थन र ध्यान दिने आश्वासन दिएका छन्।
बैठकलाई मुख्यमन्त्रीले ‘फलदायी’ बताउँदै आशा व्यक्त गरे, यसबाट राज्यको इन्फ्रास्ट्रक्चर विकासले नयाँ गति पाउनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा