कंसाबती नदीमा अमदई-कंकाबती घाटको बाँसको पुल भत्कियो, दुई जिल्लाबीच सम्पर्क विच्छेद
कंसाबती नदीमा अमदई-कंकाबती घाटको बाँसको पुल भत्कियो, दुई जिल्लाबीच सम्पर्क विच्छेद


झाड़ग्राम, 03 जुलाई (हि. स.)। कंसाबती नदीमाथि निर्मित अमदई-कंकाबती घाटको बाँसको पुल घना वर्षाको कारण नदीको जलस्तर बढ़ेर भत्किएको छ। पुल भत्किएपछि पश्चिम मेदिनीपुर र झाड़ग्राम जिल्लाको चुबका ग्राम पञ्चायत क्षेत्रबीच सम्पर्क पूर्ण रूपले विच्छिन्न भएको छ।

मानिकपाड़ा, सरडिहा औ चुबका ग्राम पञ्चायत क्षेत्रका मानिसहरूले अहिलेघरि नौका मार्फत नदी तरिरहेका छन्। स्थानीयहरू अनुसार खालशिउली भएर मानिकपाड़ा जाने बाटोमा पर्याप्त मात्रामा बसहरू नभएका कारणले यातायातको समस्या झन् विकट भएको छ। प्रत्येक वर्ष अमदई-कंकाबती घाटबीच फेयर वेदर ब्रिज (अस्थायी बाँसको पुल) बनाइन्छ, तर मनसुनमा जलस्तर बढ़ेर प्रत्येक वर्ष नै भत्किन्छ। यसपालि पनि चुबकाको अमदई क्षेत्रमा बाँसको पुललाई बगाएको छ।

यो पुल भएर स्थानीय मानिसहरू चाँड़ै नै पश्चिम मेदिनीपुरसम्म पुग्थे। अब स्कूल, कलेजका विद्यार्थीहरू, शिक्षक कार्यालय कर्मी अनि व्यापारीहरू सबै नै नौकामा सवार भएर यातायात गरिरहेका छन् जसबाट मानिसहरूलाई जोखिमको सामना गर्न परिरहेको छ।

स्थानीय मानिसहरू 37 किलोमीटर लामो बाटो तय गरेर पश्चिम मेदिनीपुरसम्म पुगिरहेका छन् जसबाट समय अनि पैसा दुवै बर्बाद भइरहेको छ। यस असुविधाको कारण मानिसहरूमा गहिरो रोष व्याप्त भएको छ।

झाड़ग्राम पञ्चायत समितिका सदस्य पूर्ण राणाले भने, अमदई र कंकाबदी घाटमा स्थायी पुल बनाउन आवश्यक छ। स्थानीय मानिसहरू शिक्षा, स्वास्थ्य, कार्यालय औ बजारको लागि दिनहुँ पश्चिम मेदिनीपुर जान्छन्। सड़क मार्गमा बसहरूको संख्या पनि धेरै कम छ।

मानिकपाड़ाका निवासी औ झाड़ग्राम जिल्ला श्रमिक यूनियनका अध्यक्ष महाशिष महतोले भने, क्षेत्रका केही मानिसहरू पश्चिम मेदिनीपुरमा दैनिक मजदुरीको निम्ति जान्छन्। व्यापारीहरू पनि भारी सामग्रीहरू लिएर बजार जान्छन्, तर नौकामा सवार भएर आवागमन गर्न धेरै कठिन भएको छ।

जिल्ला परिषदकी सभापति चिन्मयी मराण्डीले बताइन्, केन्द्र सरकारले अमदई-कंकाबती घाटमा पुल निर्माणको निम्ति रिपोर्ट मागेको छ। यस मुद्दामा लोक निर्माण विभागसित चर्चा भइसकेको छ।

जिल्ला परिषदद्वारा खालशिउली रूटमा बसहरूको संख्या बढ़ाउने दिशामा प्राथमिक स्तरमा विचार गरिँदैछ। मानिसहरूलाई आवागमन गर्नको निम्ति भइरहेको समस्यालाई समाधान गर्नको लागि हरसम्भव प्रयास गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande