पटना, 03 जुलाई (हि.स.)। बिहारको भोजपुर जिल्ला अन्तर्गत आरा निवाासी सीमा सुरक्षा बलमा कार्यरत सपना कुमारीले 21औं विश्व पुलिस गेम्समा पदक जितेर राज्य तथा देशको नामलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेकी छन्। यो प्रतियोगिता गत 27 जूनदेखि 6 जुलाई, 2025 सम्म बर्मिंघम, अलबामा (संयुक्त राज्य अमेरिका)-मा आयोजना भइरहेको छ।
सपना कुमारीलाई तिरन्दाजीकी तीन श्रेणीमा पदक प्राप्त भएको छ। उनले फिल्ड आर्चरीमा स्वर्ण पदक, 3डी आर्चरीमा स्वर्ण पदक अनि टारगेट आर्चरीमा रजत पदक प्राप्त गरेकी छन्। तिरन्दाजीमा यो प्रदर्शन भारत एवं बिहारको खेल क्षेत्रको लागि उल्लेखनीय उपलब्धी मानिएको छ। विश्व पुलिस खेलहरूमा भाग लिनका लागि सपना कुमारीको चयन सीमा सुरक्षा बललाई प्रतिनिधित्व गर्नको लागि गरिएको थियो।
राज्यको खेल जगत औ प्रशासनिक स्तरमा यस उपलब्धिलाई सकारात्मक संकेतको रूपमा हेरिँदैछ। खेल विभागले उनको प्रदर्शनलाई प्रेरणादायक बताएको छ। यसलाई सुरक्षा बलहरूमा कार्यरत खेलाड़ीहरूको निम्ति एउटा उदाहरणको रूपमा रेखांकित गरिएको छ।
सपना कुमारीको यस उपलब्धिपछि राज्य सरकार तथा खेल संस्थानहरूद्वारा उनको योगदान एवं प्रदर्शनको सराहना गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा